Harsamaya
समय सापेक्षित कानुनहरू निर्माण गरिरहेका छौं : मन्त्री खड्का
 ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का ।

काठमाडौं -  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकार समय सापेक्षित कानुनहरू निर्माण गर्ने काममा लागिपरेको बताएका छन् । 

बिहीबार भविष्य निर्माणः नवप्रवर्तन, लचिलोपन र दिगो विकास कार्यक्रममा बोल्दै उनले समय सापेक्षित कानुनहरू निर्माण गर्ने र छिटोछरितो  काम गर्न उत्साहित गर्ने भनेरसरकार लागेको बताएका हुन् । 

उनले भने, ‘हामीहरु सरकारमा छौं । समय सापेक्षित कानुनहरू निर्माण गर्ने र छिटोछरितो काम गर्न उत्साहित गर्ने भनेर सरकार लागेको अवस्था छ । त्यसका लागि कुन कानुनहरु बाधाको रुपमा देखिएको छ अनुभूति भएको कुराहरू भन्नुहोला त्यसमा संशोधन गर्नेछौं । सबै समय सापेक्षित बनाउनुपर्छ । 

त्यस्तै उनले धेरै आयोजनाहरू सुरु गरेर रोजगारी सृजना गर्ने र उद्योग धन्दाहरूलाई चलायमान बनाउने कुरामा सरकारको ध्यान गएको पनि बताए ।
 
उनले भने,‘एउटा आयोजना मात्रै हामीले सुरु गर्यौं भने रोजगारीकै अवसरहरू धेरै मिल्छ । बुढी–गण्डकी आयोजना सुरु गर्यौं भने १७ हजारले रोजगारी पाउँछन् । त्यसमा ४० प्रतिशत इन्जिनियरकै आवश्यकता हुन्छ । यस्ता थुप्रै आयोजनाहरू सुरु गर्नुपर्नेछ । त्यसले राजस्व वृद्धि हुने उद्योगधन्दाहरू चलायमान हुने हुन्छ । साना पसलदेखि रोजगार सृजना हुने आयोजनाहरूमा लाग्नुपर्ने आवश्यकता छ ।’

अब ढिला गर्ने छुट कसैलाई नभएको भन्दै उनले तीव्र गतिमा काम अगाडि बढाउन लाग्नुपर्ने धारणा राखे । 

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update