भारतको कश्मीरमा भएको आतंककारी हमलाविरुद्ध जनकपुरधाममा प्रर्दशन

जनकपुर - जनकपुरधाममा हिन्दूवादी अगुवाहरूले प्रदर्शन गरेका छन् । भारतको कश्मीरमा मंगलबार भएको आतंककारी हमलाविरुद्ध जनकपुर धामका हिन्दू अगुवाहरूले विरोध जनाएका छन् ।
विरोध स्वरूप उनीहरूले जनकपुरधामको जानकी मन्दिर प्राङगनबाट र्याली निकाल्दै नगरका विभिन्न चोकमा नारा लगाएका छन् ।
उनीहरूले आतंककारी मुस्लिम भगाउ देश बचाउ, जेहादी आतंकवादी मुर्दावाद, इस्लामिक जेहादी मुर्दावाद लगायतका नारा लगाएका छन् । र्याली पश्चात् उनीहरूले इस्लामिक आतंकवादीको पुतलासमेत जलाएका छन् ।
उनीहरूले हिन्दूहरूलाई एक जुट हुन आग्रह गरेका छन् । कश्मीरमा भएको घटनाले आतंकवादीको धर्म इस्लाम हो भन्ने प्रमाणित भएको उनीहरूको ठहर छ । उनीहरूले इस्लामिक आतंकवाद बन्द गर्नु पर्ने माग राखेका छन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२ १३:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय