ज्याकाराण्डाले बेहुली झैं बनेको काठमाडौं (फोटो फिचर)

काठमाडौं - वसन्तको मीठो झल्कोले राजधानी काठमाडौंलाई ढकमक्क पार्ने बेला आएको छ। सिंहदरबार वरिपरि, सडक किनाराका रुखहरू अहिले निलो–बैजनी फूलले सजिएका छन् । यिनै रुखहरू हुन् — ज्याकाराण्डा, जसले शहरलाई नयाँ सौन्दर्यको दृश्य बनाइदिएको छ। सिंहदरबारको अगाडिको सडक, जहाँ निलो आकाश मुनि नीलै फूलले छायाँ दिइरहेका छन् । सडकका दुबै किनारामा लाम लागेजस्ता देखिने यी रुखहरूले राजधानीको व्यस्ततालाई क्षणभर शान्तिमा रूपान्तरण गरिदिएका छन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२ ११:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय