Harsamaya
रास्वपा संसदीय दलको बैठक बस्दै
रास्वपा केन्द्रीय कार्यालय ।

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दैछ । बैठक दलको कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बस्ने भएको छ ।

बैठकमा आगामी शुक्रबारबाट सुरु हुने अधिवेशनको तयारी तथा पार्टीको भावी रणनीतिलगायत विषयमा छलफल हुने बताइएको छ ।

यस्तै, यही वैशाख ४ गते बसेको केन्द्रीय समिति बैठकले दिएको निर्देशनका विषयमा पछि छलफल हुने रास्वपाले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  ०८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update