Harsamaya

हाडजोर्नी एवम मेरुदण्ड सम्बन्धि विभिन्न समस्याहरु हुन्छन् । दुखाई हुने पनि विभिन्न कारणहरु छन् । युवा, बृद्ध र बालबालिकाहरुमा   छुट्टा छ्ट्टै समस्याहरु हुन्छन् । दैनिक जीवनशैली, खानपानका कारण समस्याहरु फरक फरक देखिन्छन् । जंकफुट बढि खानेहरुका लागि हाडजोर्नीका सोही किसिमका समस्याहरु आउँछन् । अरु पनि  कारणहरु हुन्छन् । कुनै किसिमको संक्रमण, चोटपटकले पनि समस्याहरु निम्त्याउँछ ।

मुख्यकुरा हामीले पोस्सस्मा लामो समय बसेका छौ भने मेरुदण्डलाई सिधा राखेको छौ कि छैन वा हामी धेरै झुकेर काम गरिरहेका छौ भनेपनि घाटीमा दुखाई हुनसक्छ । धेरै तलमाथि हिंड्दा पनि समस्या आउन सक्छ । यस्ता समस्याबाट बच्न धेरै समेत सचेत हुनुपर्छ । गलत बसाई, गलत खानापानमा सचेत हुनुपर्छ । कति खाना चाहिने हो भनेर अर्थोपेडिकसँग सल्लाह गर्न सकिन्छ । लामो समय निहुँरिएर बाइक चलाउँदा ढाडमा समस्या आउन सक्छ । त्यसलाई कम गर्नपर्छ । खानपिनमा उमेर अनुसार कति क्यालोरी सोही अनुसार खानुपर्छ । 

युवालाई १५०० देखि २५०० सम्म क्यालोरी चाइन्छ । महिला वा गर्भवतीका लागि फरक हुन्छ । कति क्यालोरी चाइन्छ भनेर छुट्टाएपछि कार्बोहाइड्रेट र सुगरलाई कन्ट्रोल गर्नुपर्ने हुन्छ । प्रोटिन, कार्बोहाइड्रेट, मिनरल्स, माइक्रो मिनरल्सहरु खाना र खाजामा मिलाउन सके राम्रो हुन्छ । जङफुड लामो समय स्टोर भएकाले कार्बोनेट पेय प्रदार्थहरुलाई बेवास्था गर्नुपर्छ । हामी प्रकृतिबाट टाढा हुदैछौं, जनावरहरु प्रकृतिसँगै छन् । हामी छुट्टै बसेका छौ प्रकृतिबाट बाहिर भएको कारणले पनि प्रकृतिसँग समय बिताउनुपर्छ । हिड्ने, शारीरिक व्ययाम गर्ने, पौडिने गर्नुपर्छ । रुटिन बनाएर यि अभ्यासहरु गर्नुपर्छ । यसो गर्दा हाम्रो शरीर प्राकृतिक रुपमा जाने र सन्तुलनमा रहने गर्छ । दैनिक ८ घण्टा कुर्सीमा बसेर काम गर्दा प्रत्येक एक घण्टा उठेर पाँच मिनेट कार्यलयमै घुमेर बस्न सकिन्छ । लामो समय एउटै कुर्सीमा काम गरियो भने पहिला कुर्सीलाई मोडिफाइ गर्नुपर्छ । बसाईलाई व्यवस्थापन गर्नसक्नुपर्छ । कुर्सी परिवर्तन गर्न सकिएन भने पिल्लोहरुको प्रयोग गर्नुपर्छ । कम्युटरमा काम गर्दा घाँटी तल झुक्यो भने टेबुल माथि गरेर काम गर्न सकिन्छ ।

वास्तवमा कुनै न कुनै तत्वको कमीको कारणले हड्डी खिइने हुन्छ । भिटामिन ‘डि’ थ्री, भिटामिन ‘ई’ क्याल्सियस, मिनरल्सहरु शरीरमा कम भयो भने समस्या हुन्छ । प्रत्येक दिन घामको आवश्यकता हुन्छ । त्यसैले घरहरु घाम नलाग्ने ठाउँमा वा काममा व्यस्त भएको भएपनि समय मिलाएर घाममा बस्नुपर्छ । घाम एक्सपोज भइसके पछाडि सर्टेन थिङ्गसहरु हाम्रो शरीरमा जेनरेट हुन्छ । यो पार्टहरु हामीले  मिनिमाइज गरेका छैन भने र्याल पदार्थ कम हुँदै जान्छ । त्यसपछि चाँही प्रत्येक सरफेसमा डिजनेसन हुँदै क्यान्टिलेजहरु खिइँदै गएर हामीलाई दुख्न जान्छ । तर त्यसलाई हामीले रि जेनरेट गर्ने मेकानिकल पावर पनि हुन्छ जसमा अलरेडि नै डिजिड भैइसकेको छ भने पनि हामीसँग एनआइएचएसमा हाम्रो रि जेनरेटिभ उपचार सुरु गरेका छौं । त्यसलाई  प्लाजमा पिआरपि ट्रीटमेंट भन्छौं । त्यसमा आफ्नो रगत निकालेर फेरी रि जेनरेट गरेर स्पेसिभ पार्टमा हाल्दाखेरी क्यान्टिलेजहरु ड्यामिज स्टेकचर रि जेनरेट हुन सक्छ । हड्डिको समस्याहरु त जन्मिदा नै हुन्छ धेरैलाई । किनभने कुनै बच्चा जन्मिदा खुट्टाहरु बाङ्गो भएर पनि जन्मिएका हुन्छन् । ब्रेनमा अक्सिजनहरु नपुगेर हड्डिको समस्या हुन्छ । त्यसको सर्जिकल ट्रीटमेंट हुन्छ । नन सर्जिकल ट्रीटमेंट पनि हुन्छ ।

यौन उमेरमा धेरै तनाव हुन्छ । सबै कुराहरु चिप गर्नुपर्ने हुन्छ । गुड फूड र स्लिप पनि भएन भने यौन उमेरमा धेरै पेनहरु हुने गर्दछ । त्यसबाट बनोलाइफिट भएको पाइन्छ । बच्चाको लागि पनि एउटै खाना र अरु ठूलो उमेर समूहको लागि पनि एउटै खाना हुँदा पनि बनोलाइफिटको समस्या देखिन्छ । फरक खानाहरु घरमा एज गु्रपको लागि बनायौं भने समस्याबाट मुक्त हुन्छौं ।

प्यारालाइसिस हुने धेरै कारणहरु छन् । जसमा धेरै ट्राफिक दुर्घटनामा परेर पनि प्यारालाइसिस हुने गरेको छ । प्यारालाइसिस भइसकेपछि देखाउनुभयो भने लामो समयको फिजियोथेरापिको सहायताले विस्तारै प्रोगेसिभ भएको देखेका छौं । 

सरकारले हड्डिको रोगहरु भएका मानिसहरुको संख्या राख्यो भने ७० देखी ८० प्रतिशत मान्छेहरु हड्डि दुख्नेबाटै समस्यामा छन् । हड्डिमा समस्या देखियो भने डाइटमा मोटिफाई गर्ने गर्नुपर्छ । आफ्नो तौल बढी छ भने घटाउने र यसको लागि फिजियोथेरापी डाक्टरको सहायता लिनु पर्दछ ।  धेरै नै हड्डि दुख्ने छ भने सर्जिकल र ननसर्जिकल उपचार हुन सक्छ । यसमा धेरै एक्ससाइज गर्नुपर्ने हुन्छ । डाक्टरले एक्ससाइजहरु सिकाएको हुन्छ त्यसलाई फलो गरेर प्रत्येक दिन गर्नुपर्ने हुन्छ ।  त्यसरी नै हामीले ट्रीटमेंटलाई क्याटगोरी वाइज गर्न सकिन्छ । कुनै  दुर्घटना भएर हड्डि नै टुक्रियो भने के मा फ्याक्चर भयो त्यो ट्रमा सिरिजमार्फत एक्सरे गरेर पूरै हेर्नुपर्छ । यदी डिसप्ले छैन भने प्लास्टर गरेर ट्रीटमेंट गर्न सकिन्छ । कुनै चाँही डिसप्लेस भैइसकेको छ भने त्यसलाई हामीले अपरेटिभ नगरीकन हड्डिलाई तानेर आफ्नो ठाउँमा समेत ल्याउन सकिन्छ ।

 हड्डि काटेर मात्रै मिल्ने पनि हुन्छ त्यस्तो अवस्थामा मसलसहरु आएर बसिदिएको हुन्छ त्यसमा हामीले छुट्याउनुपर्ने हुन्छ । त्यस्तोबेला प्लेटहरु र वायरहरु पनि हुन्छ । त्यहि प्रयोग गरी ट्रीटमेंट गर्ने गर्छौं । हातमा छ भने वायरको टुप्पो बाहिर नै हुन्छ । सर्जरीको रुपमा लानु नपर्न नि सक्छ । त्यसलाई माइनरओटीमै निकाल्न सकिन्छ । यदि सानो हड्डि हो भने ईन्फेकसन भएको छ भने अलिकति पानी र रगत आइराख्यो भने त्यसले हड्डिलाई डिस्ट्रे गरिराखेको हुन्छ । यस्तो हुँदा हड्डिको ब्लड हुने क्यापासिटी हुन्छ त्यो बाहिर गएको हुन्छ । त्यस्तो अवस्थामा पुरै काम नगरेको अवस्था हुन्छ । होल्डबडी चेकअपमा हड्डि पर्दैन । हड्डि नदुख्दासम्म बिरामी नै आउनु हुन्न । 

रगतबाट पनि केही डिजिजहरु छन् । जस्तो आर्थराइटिजहरु हुन्छ । त्यसमा पनि धेरैवटा वोनहरुमा हाजोर्निहरुमा समस्या हुन सक्छन् । त्यसैले हामीले ब्लड पारामिटरहरु हेर्ने र रोक्न सक्छौं । खासगरी भिटामिन डि क्याल्सियमहरु धेरै कम भएको देखिन्छ । त्यसलाई मात्र हामीले ख्याल राख्यौं समस्याहरुको रोकथाम गर्न सक्छौं । चेतनामुलक कार्यक्रमहरु, भिडियोहरु, पहलयुक्त संगठनहरु इन्फेक्सनहरुमा काम गरेको छ । बच्चामा काम गरेको छ । र वोनमा काम गर्ने संस्था संगठन कम नै भेटिन्छ । एनजिओ, आइएनजिओहरु सायद वोनमा मसल्सहरुमा काम गर्ने संस्था नेपालमा कम नै छैन् । 

अन्य कुराहरु क्यानसरहरु जस्तै धेरैमा त भएको छ वोनमा भएको छैन् । वोनहरु जोइन राम्रो भएन भने केही पनि कामहरु हामीले गर्न सकिँदैन् । त्यसैले पनि त्यो एकदमै महत्वपूर्ण अंग हो । अब सायद धेरै वटा संगठनहरुले यो क्षेत्रमा पनि काम गर्नुपर्छ कि भन्ने मैले देखेको छु । 

अहिले विश्वमा धेरै वटा यस्तो संस्थाहरु पनि छन् । स्कोलियोसिससोसाइटी भनेर पनि छन् । नेपालमा पनि स्कोलियोसिस जागरुकता दिन भनेर प्रत्येक वर्ष पनि मनाउँछौं । जन्मजात रुपमा नै यसको कारणहरु अहिलेसम्म पत्ता लागेकामा चाँही इन्डोपेटिक कारण नै भन्छौं । विस्तारै बढ्दै गइसकेपछि अनि कुनै खेलहरु खेल्न गएपछि विस्तारै एङगलहरु परिवर्तन भएको पाइन्छ तर शारीरिक रुपमा बाहिर हेर्दा देखिँर्दैन् । बच्चाले मलाई दुख्यो भनेपछि एक्सरे गरेपछि बाङगेको देखिन्छ । यसमा केही सुत्रहरु छ । विरामीलाई धेरै दुखाई छ । एङगलहरु ४५ भन्दा बढि नै छ । उसको पोजेज साधारण देखिदैन् । अलि कुप्रेको देखिन्छ । अरु नर्मल बच्चाबच्ची भन्दा फरक देखिन्छ । एउटा स्वास्थ्य अवस्था अर्को शारीरिक रुप जसलाई पनि राम्रो देखिन मन हुन्छ ।  त्यसैले यदी ४५ डिग्रिभन्दा बढि छ भने त्यसको उपचार पनि हुन्छ । त्यसको लागि केही समय पर्खनुपर्छ । किशोर अवस्था पार गरेपछि अथवा किशोर अवस्थाको बीचमा हामीले सर्जरी गरेर पनि ठिक गर्न सकिन्छ । 

एनआईएचएसमा पनि हामीले खासगरी निवारक रुपमा नै काम गरिरहेको छौं । कुनै हाडजोर्नीको असाधारण अवस्थामा लिएर आउनुभयो भने आफ्नै रगत निकालेर रगतबाट औषधि बनाएर दिन्छौं । त्यसको केही फर्मुलाहरु हुन्छ ,त्यो गरिसकेपछि कुनै टिस्यूजहरु ड्यामेज भएको छ भने पुनःउत्पन्न गर्न सहयोग पुर्याउछ । त्यो सँग मेडिकेसन पनि हुन्छ । भिडामिन डि थ्रिजहरु हुन्छ । त्यो सँगसँगै प्रयोग गराइन्छ । जसमा सर्जरीमा जानुपरेन । हामीले अल्ट्रासाउन्ड मार्फत हेरेर हामीले उपचार गर्न सक्छौं । त्यो गर्यो भने,अझ लामो समय स्वस्थ रहन सकिन्छ । हड्डी मेरुदण्ड स्वास्थ्य भनेको एकदमै महत्वपूर्ण हुन्छ । पहिलाको बुढाबुढिहरुको खानपिन हेर्ने हो भने ,पूरै फरक पाईन्छ हाम्रो जस्तो फुडहरु हुँदैन् । प्रोटियुक्त खाना खाएर मेनटेन गरेको हुन्छन् ।

विशेषगरी वोन हेल्थको लागि विशेष शिक्षा,तनाबहरु,सुताईहरु सबैमा अध्ययन गरेर जसले यो क्षेत्रमा काम गर्छन् । उनीहरुसँगै बसेर सहकार्य गरेर प्रोटोकल बनायौं भने पक्कै पनि हाम्रो देशमा जतिपनि समस्या छ । समाधान पनि गर्न सक्छौं । रोकथाम पनि गर्न सक्छौं । हाम्रो नेपालमा अनुसन्धानको काम चाँही धेरै कम हुन्छ । धेरै देशहरुमा गएर पढे मैले सबैभन्दा पहिला अनुसन्धान नै हुन्छ । डाटा वेसमा हुन्छ । यदी हामीले गरेको सबै काम डाटा वेसमा राख्न सक्यो भने अनुसन्धान हुन्छ । अनुसन्धानले भावि पुस्ताको लागि हाम्रो औषधि के हो ? रोकथाम के हो ?भन्ने कुरामा सहज गराउन सक्छौं ।

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  ०५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update