Harsamaya

काठमाडौं - अर्थमन्त्री विष्णु पौडेलले आन्दोलनरत शिक्षकहरुको समस्या सरकारले वार्ता मार्फत नै टुङग्याउने बताएका छन् ।

बुधबार अर्थ समितिमा आगामी आ.व. को बजेट सम्बन्धमा अर्थ मन्त्रालय र योजना आयोगसँग भएको छलफलमा बोल्दै उनले शिक्षकहरुको समस्याको समाधानमा सरकार सकारात्मक रहेको भन्दै शिक्षकहरु र सरकारबीचमा वार्ताको माध्यमबाट नै समस्याहरु टुङ्गो लगाउने बताएका हुन् ।

उनले भने, ‘शिक्षकहरु आन्दोलनमा आउनुभएको छ । सरकारले उहाँहरुलाई सम्मानपूर्व सम्बोधन गर्दै आएको छ । सरकारको आग्रह के हो भने यो सरकारले शिक्षकका अथवा कुनै पनि समुदायको समस्याहरु सुुन्छ । सामथ्र्यको सिमाभित्र रहेर समाधान गर्छ । त्यसैले ज्ञापन पत्र मागपत्रको माध्यमबाट पनि समाधान गर्न सकिन्थ्यो । तर उहाँहरु आन्दोलनमा आउनुभयो र सरकारले वार्तामा आउनुहोस् भनेर जोड दियो । नआएपछि अनौपचारिक रुपमा शिक्षा मन्त्रालयले कसरी समाधान गर्ने भनेर छलफल पनि गर्यो । सरकारले माग पूरा गर्छ उहाँहरुले आन्दोलन फिर्ता लिने र विधेयक चालु अधिवेशनमा प्रस्तुत गर्ने र टुङग्याउने ढंगले जाउ भन्ने हिसाबले कुरा भएको हो । सरकार सकारात्मक समाधानको पक्षमा नै छ । शिक्षकहरुको समस्या वार्ताको माध्यमबाट नै टुङगीन्छ ।’

त्यस्तै, बैठकमा पूर्व अर्थमन्त्री वर्षमान पुनले जनताको आकांक्षा र छिमेकी मूलुकको विकासलाई हेर्दा अर्थतन्त्र खस्किदो रहेको बताए । जसको कारणले अर्थमन्त्रालय र सरकारलाई थप चुनौती थपेको उनको भनाई छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  २१:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update