Harsamaya
सेयर बजारमा दोहोरो अंकको गिरावट
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - साताको चौथों दिन सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ।

बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३२ अंकले घटेर २६५५.८४ बिन्दुमा झरेर रोकिएको छ ।

जसअनुसार आज ३०८ कम्पनीका १ करोड ८४ लाख कित्ता सेयर खरिदबिक्री भएको छ । जसबाट ७ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको जनाइएको छ ।

बुधवार २८ कम्पनीको सेयर मूल्यमा वृद्धि देखिएता पनि २१७ कम्पनीको मूल्य घटेको छ भने १ कम्पनीको मूल्य स्थिर रहेको छ ।
 

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update