Harsamaya
बारामा १० लाख ८० हजारको चाँदीको गहना बरामद
१० लाख ८० हजार मूल्य बराबरको ६  किलो अवैध चाँदीको विभिन्न किसिमका गहना ।

बारा - बारा प्रहरीले १० लाख ८० हजार मूल्य बराबरको ६  किलो अवैध चाँदीको विभिन्न किसिमका गहना बरामद गरेको छ।

प्रहरी चौकी पथलैया बाराबाट असई अमृत मैनालीको कमाण्डमा खटिएको प्रहरी टोलीले मंगलबार साँझ जीतपुर सिमरा उपमहानगरपालिका-१ पथलैयाचोकमा वीरगंजबाट तुलसीपुर दाङ जाँदै गरेको बा.प्र.३२५६ नम्बरको यात्रुवाहक बसलाई रोकी चेक जाँच गरी उक्त गहना बरामद गरेको हो।

बसको क्याबिन भित्र सिट मुनि बेवारिसे अवस्थामा टेपले बेरी राखिएको कार्टुन शंकास्पद लागी खोली हेर्दा उक्त कार्टुन भित्र लुकाई छिपाई राखिएको चाँदीको रेडिमेट गहना बरामद गरी आवश्यक कानुनी कारबाही प्रकृया अगाडी बढाइएको बारा प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले बताएका छन्।

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  १४:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update