-1745388393.jpg)
काठमाडौं - मोरङको कानेपोखरी गाउँपालिका–७ मा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।
झापाबाट धरानतर्फ जाँदै गरेको गोर्खा यातायातको बसले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले जानकारी दिए।
दुर्घटनामा परेर मोटरसाइकलको पछाडि बस्ने उदयपुर बेलका नगरपालिका–४ की करिब ५५ वर्षीया कुमारी आचार्यको घटनास्थलमै मृत्यु भएको हो। मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका–४ का करिब ३५ वर्षीय हरि शर्मा गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि विराटनगर पठाइएको छ।
प्रहरीका अनुसार मृतक र घाइते दिदी–भाइ हुन्। दुर्घटनापछि बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।