चैतमा आगलागीमा परेर १५ जनाको मृत्यु,५२ करोड बराबर क्षति

काठमाडौं - २०८१ चैत महिनामा देशभर आगलागीमा परेर १५ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार ७ पुरुष, ८ महिला र एक बालिकाको मृत्यु भएको छ ।
आगलागीमा परी ९६ जना घाइते भएका छन् । ४२ पुरुष, ५४ महिला, तीन बालक र ६ बालिका घाइते भएका छन् । १ हजार ३२१ आगलागीका घटनामा ५२ करोड ६९ लाख ८५ हजार ६७० रुपैयाँ क्षति भएको छ । ३५४ घर, २५३ गोठ जलेर नष्ट भएका छन् । ३०६ पशु चौपाया जलेर मरेका छन् ।
आगलागीका घटना सबैभन्दा बढी कोशी प्रदेशमा भएको छ । कोशीमा ४३४ आगलागीका घटना भएका छन्। त्यस्तै लुम्बिनीमा आगलागीका २२७, बागमतीमा १७९, मधेशमा १६१, सुदूरपश्चिममा १००, उपत्यकामा ६८, गण्डकीमा ९० र कर्णालीमा ६२ आगलागीका घटना भएका छन् । आगलागीमा परेर ३९ जना विस्थापित भएका छन् ।
प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२ ०९:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय