
विराटनगर - माओवादी नेता सन्तोष लिम्बुले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ सहित ३ जना .विरुद्ध प्रहरीमा उजुरी दिएका छन् ।
सडक र ड्रेन बनाउने विवाद मिलाउन धरान ११ पुगेका नगर प्रमुख साम्पाङले उक्साएपछि उनका समर्थकद्वारा लिम्बु कुटपिटमा परेका थिए । गत सोमबार नगर प्रमुख साम्पाङ र वडा नम्बर ११ अध्यक्ष लोकेन्द्र फागो कै अगाडि कुटिएका लिम्बुले मेयर साम्पाङ सहित धरान ११ का वडाध्यक्ष लोकेन्द्र फागो, धरान ११ का चङ्खे भन्ने जोन लिम्बू विरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा हालेका हुन् ।
नगरकोट–बानडाँडा बाटो स्तरोन्नतिका लागि प्रदेश सरकारले २० लाख विनियोजन गरेको थियो । बजेट कम भएपछि मास्तिरको क्षेत्रमा मात्रै यस वर्ष काम हुने भएपछि विवाद उत्पन्न भएको थियो । विवाद मिलाउन सोमबारै जाने भनेका नगर प्रमुख साम्पाङ सोमबार नगई मंगलबार निर्माणस्थल पुगेका थिए ।
लिम्बूले नगर प्रमुख साम्पाङले विवाद मिलाउनुको साटो उल्टै विवाद निकालेको आरोप लगाउँदै आएका छन् । प्रमुख हर्क साम्पाङ र सन्तोष लिम्बुबिच सोमबार भनाभन भएको थियो ।