Harsamaya
आज पाँच वटा संसदीय समितिको बैठक बस्दै
संघीय संसद सचिवालय

काठमाडौं - संघीय संसद्अन्तर्गत आज पाँच वटा संसदीय समितिको बैठक बस्दै छ ।

अर्थ समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति (संयुक्त), २०८०को  बैठक बस्न लागेको हो ।

बिहान ११ बजे बस्ने राज्य व्यवस्था समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन माथि छलफल गर्ने कार्यसूची रहेको छ । यसै गरी अर्थ समितिमा आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा अर्थ मन्त्रालय र योजना आयोगसँग छलफल गर्ने कार्यसूची रहेको छ । बैठक दिउँसो १ बजे सुरु हुनेछ । 

यस्तै विधायन व्यवस्थापन समितिमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूची छ । बैठक दिउँसो १२ बजे सुरु हुनेछ । 

यसै गरी सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा आगामी अनुगमन कार्यक्रम सम्बन्धमा छलफल र  राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा  सरकारले प्रस्तुत गर्ने आ.व. २०८२/०८३  को नीति तथा कार्यक्रम र बजेटका सिद्धान्त तथा प्राथमिकताका लागि समितिको तर्फबाट सुझाव दिने कार्यसूची  रहेको छ ।

 

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  ०७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update