Harsamaya
जम्मू कश्मीरमा पर्यटकमाथि आक्रमण, एक नेपालीसहित २८ जनाको मृत्यु
जम्मू कश्मीरमा आतंकवादी हमलापछि सुरक्षा व्यवस्था कडा ।

काठमाडौं - जम्मू कश्मीरको पहलगाममा पर्यटकहरूमाथि आतंकवादी आक्रमण हुँदा २८ जनाको मृत्यु भएको छ । अधिकारीहरूले बीबीसीलाई बताएअनुसार मंगलबार बन्दुकधारीहरूले पर्यटकहरूमाथि गोली चलाएका थिए जसमा २८ भन्दा बढीको मृत्यु भएको थियो। 

जसमा २२ जना भारतीय पर्यटक, दुई जना स्थानीय नागरिक र दुई जना विदेशी नागरिक (एक नेपाली र एक युएईका नागरिक) रहेका छन्। थप ३६ जना घाइते भएका छन्।

यस आतंकवादी हमलाको जिम्मेवारी लश्कर-ए-तैयबा नामक पाकिस्तानस्थित आतंकवादी समूहको छायाँ संगठन ‘द रेसिस्टेन्स फ्रन्ट’ ले लिएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले यसलाई आतंकवादी हमला भनेका छन् र आक्रमणका लागि जिम्मेवार व्यक्तिहरूलाई नछोडिने  बताएका छन् । 

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  ०७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update