धनकुटाबाट २० किलो गाँजासहित एक पक्राउ

धनकुटा - धनकुटाबाट २० किलो गाँजा र मोटरसाइकल सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको सांगुरीगढी गाउँपालिका ७ का २० वर्षीया अबि तामाङ रहेका छन् ।
मंगलबार धरानतर्फ जाँदै गरेको बा ७३ प ३९१५ नम्बरको कालो रङको मोटरसाइकललाई लेउती खोलाको पुलमा रोकी जाँच गर्ने क्रममा उक्त मोटरसाइकलमा लोड गरी लाँदै गरेको अवस्थामा जेब्रा झोलाभित्र लागू औषध गाँजा २० केजी फेला परेको हो ।
उक्त गाँजा र मोटरसाइकल सहित तामाङलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । गाँजासहित पक्राउ परेका तामाङको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२ २१:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय