१२ कक्षाको परीक्षा १० दिनका लागि स्थगित, अब २१ वैशाखमा हुने

काठमाडौं - वैशाख ११ का लागि तय भएको कक्षा १२ को परीक्षा अन्ततः वैशाख २१ गतेसम्म सरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले आज बिहान निजामती कर्मचारी राखेर भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय लिएको ६ घन्टामा नै आफ्नो निर्णयबाट पछि हटेर वैशाख २१ गतेसम्मका लागि सारिएको हो ।
बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार वैशाख ११ का लागि तय भएको परीक्षा स्थगित भएको जानकारी दिँदैं १० दिन पछि सारिएको हो ।
विगत २१ दिन देखि आन्दोलनमा उत्रिएको शिक्षकहरूले परीक्षामा सामेल नहुने लिखित रूपमा जानकारी गराएको केही घन्टामा नै परीक्षा बोर्ड आफ्नो निर्णयबाट पछि हटेको हो ।
शिक्षक आन्दोलनको दबाब झेल्न नसकेर शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएको भोलिपल्ट सरकारले बाध्य भएर परीक्षा रोक्नु पर्ने अवस्थामा पुगेको हो ।
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२ २१:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय