Harsamaya
भारतीय ऊर्जा मन्त्रीद्वारा अरुण–३ जलविद्युत् परियोजनाको अवलोकन 
 नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र भारत सरकारका ऊर्जा तथा आवास मामिला मन्त्री  मनोहर लाल ।

काठमाडौं - भारत र नेपालको ऊर्जा सहकार्यलाई थप सुदृढ बनाउने दिशामा एक महत्त्वपूर्ण कदम स्वरूप भारत सरकारका ऊर्जा तथा आवास मामिला मन्त्री  मनोहर लालले अरुण–३ जलविद्युत् परियोजनाको अवलोकन  गरेका छन् । 

मंगलबार  नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र  भारतका ऊर्जा मन्त्रीले संयुक्त रूपमा ९०० मेगावाट क्षमताको अरुण–३ जलविद्युत् परियोजनाको अवलोकन गरेका हुन् ।

दुवै मन्त्रीहरूले परियोजनाको प्रगतिबारे समीक्षा गर्दै निर्माणमा आइरहेका अवरोधहरू समाधान गर्न आवश्यक उपायहरूबारे छलफल गरे । भ्रमणको मुख्य आकर्षणका रूपमा पावरहाउसमा इलेक्ट्रोमेकानिकल कार्यहरूको औपचारिक सुरुवात गरिएको छ, जसले परियोजनाको निर्माण कार्यलाई नयाँ चरणमा प्रवेश गराएको छ ।

यस भ्रमणले दुवै देशबीचको ऊर्जा सहकार्यमा प्रतिबद्धता झल्काउने तथा दिगो विकासलाई प्रवर्द्धन गर्ने लक्ष्यमा सहयोग पुर्याउने विश्वास लिइएको छ । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update