Harsamaya
गभर्नर सिफारिस समितिबाट भट्टराईले दिए राजीनामा
नेपाल राष्ट्र बैंक ।

काठमाडौं - नेपाल राष्ट्र बैंकका लागि गभर्नर छनोट थप पेचिलो बन्दै गएको छ ।

गभर्नर सिफारिस समितिका सदस्य तथा पूर्व गभर्नर विजयनाथ भट्टराईले असन्तुष्टि जनाउँदै आज राजीनामा दिएका हुन् ।

मन्त्रिपरिषद्ले गत चैत ११ गते उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठन गरेको सिफारिस समितिमा पूर्व गभर्नरका रूपमा भट्टराईसहित विश्व पौडेल सदस्यको जिम्मेवारीमा थिए ।

एक महिनासम्म एउटा बैठकसमेत बस्न नसकेको भन्दै उनले राजीनामा दिएको बताएका छन् । समितिको भूमिकालाई नजर अन्दाज गरिएको भन्दै उनले असन्तुष्टि जाहेर गरिरहेको अवस्थामा उनको राजीनामा आएको हो । 

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update