टेम्पो दुर्घटना हुँदा तीन जना घाइते

काठमाडौं - महोत्तरी पिडारी-कुर्था सडक खण्डमा टेम्पो दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । दुर्घटनामा जनकपुरधाम -२१, कुर्थाका टेम्पो चालकसहित दुई जना गम्भीर घाइते भएका छन्।
जनकपुरधामको पिडारीबाट पश्चिम कुर्था तर्क जाँदै गरेको ज.१.त. ३३१५ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको उक्त टेम्पोलाई ठक्कर दिँदा दुर्घटना भएको प्रत्यक्षदर्शी तथा यात्रुहरूले बताएका छन्।
घटनास्थलमा प्रहरी पुगी घाइतेहरूको उपचारको लागी प्रादेशिक अस्पताल, जनकपुरधाम लगिएको छ । ट्याक्टर चालक ट्याक्टर लिएर घटनास्थलबाट फरार भएका छन्।
प्रहरीले ट्याक्टर र चालक नियन्त्रणमा लिन अनुसन्धान थालेको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२ १६:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय