Harsamaya
 कक्षा १२ को परीक्षा नरोक्ने बोर्डको निर्णय
प्रतिकात्मक तस्वीर ।

काठमाडौं - कक्षा १२ को परीक्षाबारे निर्णय गर्न बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।

शिक्षकहरूको निरन्तर आन्दोलनका कारण कक्षा १२ को परीक्षा अन्योलमा परेपछि मंगलबार बिहान बसेको बोर्ड बैठकले परीक्षा नरोक्ने निर्णय लिएको हो ।

आजको बैठकले कक्षा १२ को परीक्षा सञ्चालन नरोक्ने निर्णय गरेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए ।

शिक्षक महासंघको आह्वानमा गत २० चैतदेखि सडक आन्दोलनमा रहेका शिक्षकहरूले माइतीघर–बानेश्वर सडक खण्डमा प्रदर्शन गरिरहेका छन् । शिक्षा ऐन जारी नभएसम्मका आन्दोलन नरोकिने उनीहरूको भनाइ कायमै रहेको बेला बोर्डले यो निर्णय लिएको हो । 

उनीहरू आन्दोलनमा नै रहेको खण्डमा प्लस टुको परीक्षा प्रभावित हुन सक्ने देखिएको छ । साथै, शिक्षकहरू माग पूरा नभएसम्म कक्षा १२ को परीक्षामा सहभागी नहुने अडानमा उनीहरू कायमै रहेका छन् ।

 

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  १०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update