Harsamaya
ब्राजिलियन फुटबल खेलाडी रोबर्टो कार्लोस नेपालमा 
चर्चित ब्राजिलिय फुटबल स्टार खेलाडी रोबर्टो कार्लोस ।

काठमाडौं - चर्चित ब्राजिलिय फुटबल स्टार खेलाडी रोबर्टो कार्लोस नेपाल आएका छन् । कार्लोस आज (मंगलबार) बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । 

हाल काठमाडौंमा भइरहेको एनसेल नेपाल सुपर लिगको फुटबल प्रतियोगितामा सहभागी हुन कार्लोस नेपाल आएका हुन् ।

एनसेल नेपाल सुपर लिगको आयोजक नेपाल खेलकुद तथा कार्यक्रम व्यवस्थापन प्रा. लि. ले लिगको सद्भावना दूतको रूपमा नेपाल भ्रमणमा रहेका उनी ठमेल स्थित एलओडी क्लबमा पनि जाने छन् । 

कार्लोस शुक्रबार आउने कार्यक्रम थियो तर स्वास्थ्यमा समस्या आएकाले केही ढिला गरी आज नेपाल आएका हुन् । 


 

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  १०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update