Harsamaya
संघीय संसदका तीनवटा समितिको बैठक बस्दै
संसद सचिवालय । तस्वीर: हर समय/Har Samaya

काठमाडौं - संघीय संसदका तीन वटा समितिको बैठक बस्दैछ । संसद सचिवालयका अनुसार तीनै समितिको बैठक सिंहदरवारस्थित समितिका कार्यालयमा बस्नेछन् ।

जस अनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो २:३० बजेबाट सुरू हुनेछ । जुन बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथि कर्मचारी ट्रेड युनियनसँग छलफल हुनेछ ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा भने खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धमा खानेपानी मन्त्रालयबाट भएका काम कारबाही र कार्यप्रगति र आगामी आर्थिक वर्षको बजेट र कार्यक्रम सम्बन्धमा मन्त्रालयको तयारीका बारेमा छलफल हुनेछ । जुन बैठक बिहान ११:०० बजेबाट सुरू हुने जनाइएको छ ।

साथै, विधायन व्यवस्थापन समितिका बैठक दिउँसो १:०० बजेबाट सुरू हुनेछ । जुन बैठकमा संविधान अनुसार बन्न बाँकी कानुनहरूको सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग छलफल हुनेछ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  ०७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update