Harsamaya
वीर अस्पतालको खाद्य स्वच्छताको अवस्था ठीक छ : महानगर
काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त आयोजनामा घुम्ती खाद्य प्रयोगशालासहित अनुगमन एवम् निरीक्षण गरिएको छ। 

काठमाडौं - काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त आयोजनामा घुम्ती खाद्य प्रयोगशालासहित अनुगमन एवम् निरीक्षण गरिएको छ। 

सोमबार खाद्य व्यवसायलाई स्वच्छ, ताजा र गुणस्तरीय बनाउने उद्देश्यले सुरु गरिएको कार्यक्रम अन्तर्गत महानगरले वीर अस्पतालमा खाद्य नमुना संकलन, अनुगमन र निरीक्षण गरेको हो । 

अनुगमन पछि सञ्चारकर्मीहरूसँगको कुरा गर्दै महानगरपालिकाका फुड टेक्नोलोजिष्ट अधिकृत अनिल बस्नेतले अस्पतालमा अनुगमन गर्दा खाद्य स्वच्छताको सबै नियमहरू पालना गरेको पाइएको जानकारी दिए ।

खासगरी सरकारी अस्पतालहरूमा यत्तिको खाद्य स्वच्छताको नियमहरू पालना गरेको कम मात्रामा नै भेटिने गरेको पनि उनले बताए । 

उनले भने,‘उहाँहरुले सबै यो खाद्य स्वच्छताको सबै नियमहरू पालना गर्नुभएको पाइएको छ । एकदमै राम्रो छ । काठमाडौं महानगरपालिकाभित्र अनुगमन गरिरहँदा यत्तिको अस्पतालमा विरलै भेटिन्छ । प्रत्यक्ष बिरामीले खाने भएकाले पनि होला राम्रो पाएका छौं। यस्तो सरकारी अस्पताल कमै छन् ।’

त्यस्तै उनले महानगरपालिकामा धेरै उजुरीहरू आएको कारण खाद्य व्यवसायमा अनुगमन गर्न लागेको पनि बताए ।  
 

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  १७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update