नेप्से परिसूचक ७.७५ अंकले घट्यो

काठमाडौं - सोमबार नेप्से परिसूचक ७.७५ अंकले घटेर २७ सय विन्दु तल झरेको छ । आज नेप्से परिसूचक ०.२८ प्रतिशत घटेर २,६९८.२८ विन्दुमा बन्द भएको हो ।
आज कारोबार रकम बढेर आठ अर्ब ७७ करोड ५७ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । आइतबार आठ अर्ब ४३ करोड ३५ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।
आज ११२ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, १३३ कम्पनीको सेयर मूल्य घटेको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२ १६:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय