Harsamaya
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार 
प्रतिकात्मक तस्वीर ।

काठमाडौं - नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार कायम भएको छ । यो मूल्य स्थानीय बजारमा कारोबार भएको हालसम्मकै उच्च हो । 

आइतवार सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८ सयमा कारोबार भएको थियो । 

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज आइतबारकै मूल्यमा अर्थात् प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । 


 

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update