Harsamaya
कर्णालीमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - कर्णालीमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । कालिकोटको पलाँता गाउँपालिकामा २ मा गएराति दुर्घटना हुँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) टेकबहादुर रावतले जानकारी दिए । 

दुर्घटनामा मुगु खत्याड-५ घर भएका २५ वर्षीय चालक चन्द्र प्रकाश रोकाया, पलाँता-५ का २६ वर्षीय अम्बा शाही, पलाँता-४ का २१ वर्षीय सदु बुढा, पलाँता ४ का २१ वर्षीय रबिन्द्र बिकको मृत्यु भएको छ।

प्रहरीले मुचुल्का तयार पार्ने काम गरिरहेको छ र शवहरू पोष्टमार्टमका लागि तयारीमा राखिएको डिएसपी रावतले बताए । कच्ची बाटो र रातको अँध्यारोले दुर्घटना निम्त्याएको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनले बताए ।

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  १०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update