Harsamaya
राज्य व्यवस्था समितिको बैठकमा निजामती कर्मचारीका विषयमा छलफल हुँदै
संसद सचिवालय । तस्वीर: हर समय/Har Samaya

काठमाडौं - संघीय संसदका २ समितिको बैठक बस्दैछ ।

संघीय संसद सचिवालयका अनुसार ती दुवै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछन् ।

जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बोलाइएको छ । जुन बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन माथि छलफल हुनेछ ।

उता, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक १२:४५ मा बस्नेछ । बैठकमा विधायन ऐन, २०८१’ कार्यान्वयनमा समितिको भूमिका सम्बन्धमा समितिका पूर्व सभापति रामनारायण विडारीसँग छलफल गरिने संसद सचिवालयले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  ०६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update