Harsamaya
मुद्दा मिलाइदिन्छु भन्दै पत्रकारले दुई हजार मागेपछि...
नेपाल प्रहरीका एसएसपीसहित आनन्दीदेवी सदायका परिवार ।

सिरहा - सिरहामा एक दलित महिला बलात्कार प्रयास प्रकरणमा पत्रकारले नै रकम मागेको आरोप परिवारजनले लगाएका छन् । 

चार महिनाअघि बलात्कार प्रयासबाट उम्किएकी नरहा गाउँपालिका, बर्छवाकी २५ वर्षीया आनन्दीदेवी सदाय मृत्यु प्रकरणमा रिर्पोटिङको लागि गएका सिरहाका एक पत्रकारले दुई हजार रुपैयाँ लिएको आरोप लगाएका छन् । 

आनन्दी देवी सदायकी माइत पक्षबाट बोल्दै उनकी आमाले घटनाका बारेमा समाचार लेखेर मुद्दा अघि बढाइदिन्छु भन्दै थप रुपैयाँ मागेको बयान दिएकी छिन् । 

नेपाल प्रहरीका एसएसपी परिवारजनसँग भेट गर्न गएको बेला कुराकानी गर्दै पीडित परिवारले पत्रकारले रुपैयाँ लिएको र थप मागेको पीडा सुनाइन् । 

को पत्रकारले रुपैयाँ मागेको सन्दर्भमा आफूले नचिनेको बताउँदै उनकी आमा बिलटौन देवी सदायले होचो र गोरो अनुहारको हुलिया मात्र रहेको बताइन् । बिलटौन देवीका अनुसार उक्त मुद्दामा सहयोग गरिदिने, प्रहरीमा मुद्दा अघि बढाइदिने, दबाब दिलाइने भन्दै २५ हजार रुपैयाँ मागेको आरोप लगाएकी हुन् । 

पत्रकारले नै पीडितसँग उल्टै रकम मागेपछि असहाय रहेको सदाय परिवारले रकम दिन मानेनन् । घरको नुनतेल चल्ने रकम पत्रकारले नै लिएपछि उनीहरू थप पीडित भएको सुनाइन् । उनले त्यो पत्रकार पुनः घर आए चिन्ने बताइन् ।

आनन्दीदेवी सदायलाई गत ९ पुसको बिहान करिब ११ बजे माइती गाउँ नजिकै रहेको नवराजपुर गाउँपालिका वडा नम्बर ३ जगतपुरमा स्थानीय २२ वर्षीय संजिवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले घेरा हालेर हरिनारायण यादवको आँपको बगैंचामा लगेर बलात्कार प्रयास गरेका थिए।

न्यायको लागि प्रहरीमा धाएपनि सुनुवाई नभएपछि अन्ततः आनन्दी देवी सदायले मृत्यु रोजेको बताइन्छ । घर परिवारबाट समेत असहयोग भएपछि माइती घरमै उनी झुण्डिएको अवस्थामा फेला परेपछि बल्ला घटना बाहिरिएको थियो ।
 

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  २०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update