Harsamaya
सेयर बजार घट्यो
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - अघिल्ला तीन दिन लगातार बढेको सेयर बजार आइतबार घटेको छ । साताको पहिलो दिन सेयर बजारको परिसूचक नेप्से १६. ६८ अंक घटेको हो । सो गिरावटपछि नेप्से २७०६ मा कायम भएको छ ।

आज ३२८ कम्पनीको २ करोड १३ लाख २३ हजार कित्ता सेयर ८ अर्ब ४३ करोड ३५ लाख ८९ हजार रुपैयाँमा खरिदबिक्री भएको छ । गत बिहीबार साढे १० अर्बभन्दा बढीको सेयर खरिदबिक्री भएको थियो । 

नेप्सेका अनुसार आइतबार दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । तर यता कारोबारमा आएको हिमालयन पावर पार्टनरको सेयरमूल्य ७.३३ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा राधी विद्युत कम्पनीको ६८ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update