-1744851661.jpg)
विराटनगर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीको आन्दोलनलाई अपराधको संज्ञा दिएका छन् । आइतबार विराटनगरमा (हाम्रो मत दैनिक)को वार्षिकोत्सव कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले तानासाहका पक्षमा नियोजित ढङ्गले हुने समाज विरोधी कार्यलाई आन्दोलन भन्न नमिल्ने र त्यो अपराध हुने बताएका हुन् ।
अध्यक्ष प्रचण्डले ठूला दलहरूप्रति जनतामा घृणा नभएको उल्लेख गर्दै त्यसको तथ्य पछिल्ला स्ववियु निर्वाचन देखि पछिल्ला जुनसुकै निर्वाचनमा आएको परिणामले नै गणतन्त्रवादी शक्तिको पछाडि जनता रहेको स्पष्ट पारेका छन् ।
अध्यक्ष प्रचण्डले संविधानमा समीक्षा गर्ने आवश्यक बेला आएको बताउँदै नयाँ सांस्कृतिक क्रान्तिको आवश्यकता जानुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्व मुख्यमन्त्री केदार कार्की, भौतिकपूर्वाधार विकास मन्त्री भूपेन्द्र राई लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा बोलेका उद्योगी व्यवसायीहरूले भने अवका मञ्चहरू राजनीतिक भाषणमा मात्रै केन्द्रित नभई आर्थिक विकासको पक्षमा पनि केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।