Harsamaya
कर्मचारीले १० महिनादेखि तलब पाएनन्
प्रतिकात्मक तस्वीर ।

दमक - झापाको कमल गाउँपालिका केर्खामा रहेको रतुवामाई वृक्षरोपण आयोजनाका कर्मचारीले १० महिनादेखि तलब नपाएको बताएका छन् । तलब नपाएपछि कर्मचारी काम छाड्ने अवस्थामा पुगेका छन्। उनीहरूले चालु आर्थिक वर्षको तलब तथा पारिश्रमिक अहिलेसम्म प्राप्त नभएको गुनासो गरेका छन् ।

स्थायी, करार र दैनिक ज्यालादारी गरी ४३ जना कर्मचारी कार्यरत रहेको आयोजनाका निमित्त प्रमुख भक्तिप्रसाद गौतमले बताएका छन् । वन पैदावर विकास समिति मातहत यो आयोजना सञ्चालन हुँदै आएको छ । स्थानीय रूपमा नै काठ दाउरा बिक्री गरेर तलब तथा पारिश्रमिक खुवाउने गरिएको थियो ।

गत भदौदेखि नै कार्यकारी अध्यक्ष नियुक्त हुन सकेको छैन । यसले गर्दा आयोजनाका काम पनि प्रभावित बनेको र काठ बिक्री पनि रोकिएको छ ।

आयोजनाका निमित्त प्रमुख भक्तिप्रसाद गौतमका अनुसार समितिको निर्णय अनुसार काठदाउरा बिक्री गर्न पाइने भएकाले यो नहुँदा आम्दानी नै नभएपछि तलब दिन नसकिएको हो। 
 

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  ०९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update