Harsamaya
गृह मन्त्रालयले भन्यो - निषेधित क्षेत्र तोड्नेलाई कानुन बमोजिम कारबाही हुन्छ
गृह मन्त्रालय

काठमाडौं - गृह मन्त्रालयले निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिहरू प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

शनिबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टीले कानुन बमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिहरू प्रति  गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । 

मन्त्रालयले संविधान र कानुनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई कानुन बमोजिम कारबाही हुने बताएको छ ।

साथै, समाजमा हिंसा फैलाउने कुनैपनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन समेत गृह मन्त्रालय सबैमा अनुरोध गर्दछ ।

home-1745079818.jpg
 

प्रकाशित मिति: शनिबार, वैशाख ६, २०८२  २२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update