शिक्षक महासंघको आन्दोलनको समय परिवर्तन

काठमाडौं - नेपाल शिक्षक महासंघले आन्दोलनको समय परिवर्तन गरेको छ । शनिबार बसेको बैठकपछि शिक्षक महासंघले आन्दोलनको समय परिवर्तन गरेको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले जानकारी दिए ।
उनका अनुसार आइतबारदेखि बिहान ९ बजेदेखि १२ बजेसम्म कार्यक्रम हुनेछ । यसअघि आन्दोलनको कार्यक्रम दिउँसो १२ बजेदेखि ४ बजेसम्म हुने गरेको थियो ।
चैत २० देखि विभिन्न माग राखेर शिक्षकहरूले माइतीघरदेखि बानेश्वरसम्म आन्दोलन गरिरहेका छन् ।
प्रकाशित मिति: शनिबार, वैशाख ६, २०८२ २१:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय