
काठमाडौं - सञ्चारिका समूहको नवौं महाधिवेशनबाट अध्यक्षमा कमला पन्थी निर्वाचित भएकी छिन् । शुक्रबार भएको महाधिवेशनको चुनावी प्रक्रियाबाट पन्थी १४९ मत ल्याएर विजयी भएकी हुन् । उनको प्रतिद्वन्द्वी पवित्रा सुनारले ८७ मत पाइन् ।
यस्तै उपाध्यक्षमा बसन्ती बास्तोला विजयी भइन् र उनले १२८ मत पाइन् भने उनकी प्रतिद्वन्द्वी लोग्शरी कुँवरले १०० मत पाइन् । महासचिवमा राधा खनाल निर्विरोध निर्वाचित भएकी छिन् । सचिवमा नुनुता राईलाई पराजित गर्नै उर्वशी बस्न्यात निर्वाचित भएकी छिन् । उनले १०७ मत पाइन् ।
यस्तै , कोषाध्यक्ष साजना तामाङ विजयी भएकी छिन् । उनले मञ्जिमा ढकाललाई पराजित गरिन् । साजनाले १२० मत पाउँदा मञ्जिमाले १०५ मत पाइन् ।
सदस्यहरूमा कल्पना शर्मा (१८२), विष्णु पन्थी(१३७), देवी सापकोटा(१११), अजबी पौंडेल (११२), कालिका शिवाकोटी(१४४), सम्झना वन(११६), तारा चापागाईं (१११) र दीपा रेग्मी(११६)विजयी भएका छन् ।