Harsamaya
नेपाल आज अफगानिस्तानसँग भिड्दै
मूलपानी क्रिकेट मैदान ।

काठमाडौं - आज नेपालले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा नेपालले आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

आजको खेल मुलपानीस्थित तल्लो क्रिकेट मैदानमा बिहान ९:३० बजे देखि सुरू हुनेछ । यसअघि तीनवटा खेलमा लगातार जीत हासिल गरेको नेपाल आज चौथो जीतका लागि मैदानमा उत्रन लागेको हो ।

नेपालले पहिलो खेलमा युएईलाई डकवर्थ लुईस पद्धति (डिएलएस) का आधारमा ५ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा ओमानलाई ८ विकेटले पराजित गर्दै दोस्रो जीत हासिल गरेको थियो ।

गत बुधबार भएको तेस्रो खेलमा हङकङविरुद्ध खेलमा ९ विकेटको सानदार जित निकालेर नेपाल आज अफगानिस्तानसँग भिड्न आइपुगेको हो । 

लगातार तीन खेलमा जीत हासिल गरेको नेपाल ६ अंकसहित शीर्ष स्थानमा रहेको छ । यो सँगै यस चरणमा यो नेपालको अन्तिम खेल हुनेछ । 
 

प्रकाशित मिति: शनिबार, वैशाख ६, २०८२  ०७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update