Harsamaya
राष्ट्र बैंकका निर्देशक गुणाकर भट्टले दिए राजीनामा
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट।

काठमाडौं - गभर्नर बन्ने उद्देश्यसहित नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले आफ्नो पदबाट राजीनामा दिएका छन् । 

हाल राष्ट्र बैंकको कार्यकारी निर्देशक रहेका उनले शुक्रबार बिहान कायमुकाम गभर्नर निलम ढुंगाना तिम्सिनासमक्ष राजीनामा पेश गरेका हुन्।

नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा भट्टलाई गभर्नर बनाउन लागिएको चर्चा परिचर्चा चलिरहेको बेला उनले आज राजीनामा बुझाएका हुन् ।

तर, कामु गभर्नर तिम्सिनाले भने अझै उनको राजीनामा स्विकृत गरिसकेकी छैनन् ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  १३:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update