Harsamaya
सशस्त्रको ब्यारेकमा मध्यरातमा गोली चले पछि...
सांकेतिक तस्वीर: हर समय/Har Samaya

सुर्खेत - बिहीबार राती जाजरकोटको सशस्त्र प्रहरीको ब्यारेकमा गोली चलाएको आरोप लगाएको छ ।

सशस्त्र प्रहरीको थाप्लेमा रहेको भोजको आयोजना गरिएकोमा सोही भोज सकेर राती आमन्त्रित पाहुना फर्केने क्रम्मा गोली चलाएको आरोप लागेको हो ।

नेपाली सेनाको ब्यारेकबाट आएको टोलीले सशस्त्रको ब्यारेकमा गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन् । यो विषयमा जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेको छैन । प्रजिअ मंग्रातीको फोन मुस्किलले उठे पनि बैठकमा भएको भन्दै अरू व्यक्तिलाई फोन उठाउन दिएका छन् । नेपाल प्रहरीका डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले पटका पट्काएको जबाफ दिए ।

स्रोतका अनुसार सशस्त्रले आयोजना गरेको भोजमा प्रमुख जिल्ला अधिकारी देखि सबै सुरक्षा अंगको टिम सशस्त्रको ब्यारेकमा सहभागी रहेको थियो । भोजको कार्यक्रम पुरा भएपछि सबै आफ्नो कार्यकक्षमा फर्कदा नेपाली सेनाले गोली चलाएको आरोप लागेको छ ।

चन्दननाथ दल गण, मालिका ब्यारेक, जाजरकोटका प्रमुख सेनानी दिपक केसीले आफ्नो बिदाइमा पट्का पड्काएको बताए । पटका र हतियार पड्काएको थाहा नपाउने कस्तो खालको जनता हो भन्दै प्रश्न समेत गरेका छन् ।


 

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  १३:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update