कुमारी बैंकको १ लाख ९२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौ - कुमारी बैंकले संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएको छ । बैंकले १ लाख ९२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (वैशाख ५ गते) बाट ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आवेदन दिनु पर्नेछ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।
सेयर भाउ भने विक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ । उक्त समयमा हाल कायम संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२ १३:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय