Harsamaya
विराटनगर एमालेमा ओली पक्षधर ‘क्लिन स्विप’
नवनिर्वाचित अध्यक्ष बलराम गिरी नवीन ।

विराटनगर - नेकपा एमाले विराटनगर अधिवेशनमा अध्यक्ष केपी ओली पक्षधर पदाधिकारीमा क्लिन स्विप भएको छ ।

हिजो राति सम्पन्न निर्वाचनमा ओली पक्षधरका उम्मेदवार रोहित कोइरालालाई पराजित गर्दै बलराम गिरी नवीनको प्यानल नै विजयी भएको हो ।

सो निर्वाचनमा १७३ मतका साथ संस्थापन इत्तरका गिरी १७३ मतका साथ अध्यक्षमा विजयी भएका हुन भने उनका प्रतिस्पर्धी रोहित कोइरालाले १२१ मत सीमित भएका छन् । गिरीलाई संस्थापन इत्तरका विनोद ढकाल समूहले उम्मेदवार बनाएको थियो ।

सदस्यहरू सर्वसम्मत निर्वाचित भए पनि अधिवेशनमा ओली पक्षधर संस्थापन समूहबाट एक जना पनि पदाधिकारीमा निर्वाचित हुन नसकेको विराटनगर एमालेका एक नेताले बताए ।

जसअनुसार उपाध्यक्षमा ढकाल पक्षका सुरज न्यौपाने १४५ मतका साथ विजयी हुँदा ओली पक्षधर राम पोखरेल भने १३६ मतमा सीमित भएका थिए भने सचिवमा विज्ञान चापागाईंले १८३ मत ल्याउँदा ओली पक्षधरका नवराज काफ्ले भने १०४ मा सीमित भएका थिए ।

उता, ओली पक्षधरका उप सचिव उम्मेदवार चन्द्र शेखर विश्वासले ९८ मत ल्याउँदा झन्डै दोब्बर अर्थात १७८ मतका साथ हमिद आजाद विजयी भएका थिए ।  

साथै, ओली पक्षधरका कला डाँगी १११ मतमा मात्रै पाउँदै संस्थापन इत्तरका हिमा मैनाली पोखरेल १६९ मत ल्याएर विजयी भइन् । 

सदस्य भने सर्वसम्मत रूपमा चयन गरिएको थियो । यसअघि मोरङ जिल्ला कमिटीमा पनि ओली पक्षका उम्मेदवार पराजित गर्दै ढकाल समूहले वर्चश्व मारेको थियो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update