Harsamaya
नेपाल आईपुगिन् देवि प्रतिभा
विश्व प्रसिद्ध कथा वाचिका देवी प्रतिभा ।

काठमाडौं - विश्व प्रसिद्ध कथा वाचिका देवी प्रतिभा नेपाल आएकी छिन् । उनी गण्डकी शत कुण्डीय गायत्री कोटीहोमका लागि पोखरा पुगेकी छिन् । 

विश्व प्रसिद्ध कथा वाचिका देवी प्रतिभाले आज पोखरा महानगरपालिका १७ मा जारी ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटीहोममा समुद्घाटन गर्ने आयोजक मानवसेवा फाउन्डेसनका संस्थापक विजय कृष्ण मूर्तिले जानकारी दिए । देवी प्रतिभाको टिममा २५ जना सदस्य रहेका छन् । 

उनको टिममा पहिला जस्तै सुरक्षा गार्ड र आफ्नै वाद्यवादनको समूह समेत रहेको बताइएको छ । उनले  पोखरा महानगरपालिका १७ मा जारी ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोममा १४ दिनसम्म कथावाचन गर्नेछिन् । त्यस्तै  शितकृष्ण महाराज जी पनि यतिबेला पोखरामा छन् ।

हिजो पोखरा पुगेका उनले आज हुने विश्व प्रसिद्ध कथा वाचिका देवी प्रतिभाको कथावाचन समुद्घाटन कायकर्ममा पनि प्रवचन दिने कार्यक्रम रहेको बताइएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update