Harsamaya
सुनको मूल्य घट्यो
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार हालसम्मकै उच्च मूल्यमा पुगेर प्रतितोला एक लाख ९० हजार ६ सयमा कारोबार भएको सुन आज तोलामा रू आठ सय घटेको हो ।

आज सुन प्रतितोला रू एक लाख ८९ हजार छ सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै,आज  चाँदी भने स्थिर रहेको छ । बिहीबार एक हजार नौ सय ६० रुपैयाँमा किनबेच भएको चाँदी  आज पनि सोही मूल्यमा कारोवार भैइरहेको छ । 


 

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  १२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update