शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरीमाथि गोली प्रहार

कपिलवस्तु - शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि गोली प्रहार भएको छ।
बिहीबार राति ११:३० बजेको समयमा मायादेवी गाउँपालिका वडा नं १ पकडीस्थित निवासमा नै गोली प्रहार भएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा डीएसपी मोहनमणि अधिकारीका अनुसार राति बिजुली गएका बेला शौचालय गएर फर्कने क्रममा उनी माथि गोली प्रहार भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
तर, घर कमाउण्ड बाहिरबाट आफूलाई पेस्तोलबाट गोली प्रहार गरेर भागेको अध्यक्ष चौधरीले प्रहरीले जानकारी गराएको छ । तर, कम्पाउन्ड बाहिरबाट हानेको गोली छलेकोले उनलाई कुनै चोटपटक नलागेको डीएसपी अधिकारीले जनाएका छन् ।
साथै, घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी अधिकारीले जानकारी दिएका छन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२ ०८:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय