Harsamaya
संघीय संसदका तीन समितिको बैठक बस्दै
संघीय संसद सचिवालय सिंहदरबार ।

काठमाडौं - संघीय संसद अन्तर्गतका ३ वटा समितिको बैठक बस्दैछ ।

संघीय संसद सचिवालय सिंहदरबार परिसरमा उक्त बैठक बस्ने जनाइएको छ।

जसअनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । जुन बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिको मस्यौदा वार्षिक प्रतिवेदन, २०८१/८२ माथि छलफल हुनेछ ।

उता, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भने संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन माथि छलफल हुने जनाइएको छ। जुन बैठक बिहान ११ बजेबाट सुरू हुनेछ ।

साथै, विधायन व्यवस्थापन समितिको बैठक भने दिउँसो १ बजेबाट सुरू हुनेछ । जुन बैठकमा संविधान अनुसार बन्न बाँकी कानुनहरूको सम्बन्धमा छलफल हुने जनाइएको छ।

64meet-1744938863.jpg
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  ०७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update