Harsamaya
डोटीमा पर्यटक प्रहरी चौकी स्थापना
डोटीमा पहिलो पटक पर्यटक प्रहरी चौकी स्थापना गरिएको छ ।

डोटी - डोटीमा पहिलो पटक पर्यटक प्रहरी चौकी स्थापना गरिएको छ ।

खप्तड र आसपासका पर्यटकीय क्षेत्रमा घुम्न आउने पर्यटकहरूको सुरक्षाको लागि यो प्रहरी चौकी स्थापना गरिएको हो ।

डोटीको दिपायल सिलगढी नगरपालिकामा सो अस्थायी पर्यटक प्रहरी चौकी रहने दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाँजिसिंह खड्काले बताए ।

नगर प्रमुख खड्काले भने, ‘सुदूर पश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको खप्तड राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा भ्रमण गर्न आउने आन्तरिक तथा बाहृय पर्यटकहरूको सुरक्षाका लागि पर्यटक प्रहरी चौकी स्थापना भएको गरिएको हो ।’

प्रहरी सहायक निरीक्षक रमेश भट्टराईको कमान्डमा ७ जना प्रहरी उक्त चौकीमा रहेर पर्यटकको सेवा गर्नेछन् ।

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update