Harsamaya
 कवाडी संकलकलाई लछारपछार गर्ने नगरप्रहरी बर्खास्त
बालुवाटारमा साइकलमा हिँडिरहेका एकजना कवाडी संकलकलाई लछारपछार गर्दै नगरप्रहरी ।

काठमाडौं - बालुवाटारमा साइकलमा हिँडिरहेका एकजना कवाडी संकलकलाई लछारपछार गर्ने नगरप्रहरीलाई काठमाडौं महानगरले बर्खास्त गरेको छ। 

नगर प्रहरीका प्रमुख राजु पाण्डेले एक विज्ञप्ति जारी गर्दै  अमर्यादित क्रियाकलापमा संलग्न उनीहरुलाई जिम्मेवारीबाट मुक्त गरेको जनाएका छन् । 

उनीहरूलाई नगर प्रहरी ऐन २०८० बमोजिम आवश्यक कारवाहीका लागि महानगर प्रहरी बल तानिएको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update