Harsamaya
शिक्षकहरू आज पनि सडकमै
शिक्षक आन्दोलन ।

काठमाडौं - १५ दिनदेखि शिक्षकहरूको राजधानी केन्द्रित सडक आन्दोलन आज पनि जारी छ । बुधबार नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरूले माइतीघरबाट प्रदर्शनसहित बानेश्वर पुगेर धर्ना दिएका छन् । 

मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षकहरूको माग सम्बोधन गर्न तयार रहेको बताएपछि पनि शिक्षकहरूले आन्दोलन जारी राखेका हुन् । 

मन्त्रिपरिषद् बैठकले विद्यालय शिक्षा विधेयक छिटो पारित गर्ने समेतका प्रयोजनका लागि संघीय संसद्को अधिवेशन वैशाख १२ गते बोलाउन सिफारिस गर्ने निर्णय गरेको थियो । 

शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी नगरेसम्म आन्दोलन जारी रहने बताउँदै आएका छन् । 


 

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update