Harsamaya
विश्वकप एसिया छनोट : नेपालको लगातार तेस्रो जित
आईसीसी यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले लगातार तेस्रो जित ।

काठमाडौं - आईसीसी यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले लगातार तेस्रो जित हासिल गरेको छ।

बुधबार भएको तेस्रो खेलमा हङकङले नेपाललाई ११६ रनको लक्ष्य दिएको थियो । नेपालले १२.३ओभरको खेलमा१ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । 

नेपालकालागि ओपनर साहिल पटेल ४२,कप्तान नरेन भट्ट ३९ र निरज यादवले २३ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले ४६.२ ओभरमा सबै विकेट गुमाएर ११५ रन मात्र बनाउन सक्यो ।

नेपालकालागि युवराज खत्रीले ४ र बिपिन शर्माले ३ विकेट लिए भने सन्तोष यादवले २ र अशोक धामीले १ विकेट लिए।अब नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार अफगानिस्तानसँग खेल्ने छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  १४:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update