Harsamaya
 सुनको मूल्य तोलामा २७ सयले बढ्यो
सुनचाँदीको मूल्य बढ्यो ।

काठमाडौं -  नेपाली बजारमा सुनको मूल्य तोलामा २७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज सुनको मूल्य बढेर तोलामा १ लाख ८७ हजार रुपैयाँ कायम भएको हो । 

मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार ३०० रुपैयाँ कायम भएको थियो । बुधबार कायम भएको सुनको मूल्य हालसम्मकै उच्च भएको महासंघको भनाइ छ । 

यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर १ लाख ९५५ रुपैयाँ कायम भएको हो । 

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update