गगन थापा बाराबाट फर्केपछि मात्रै संयन्त्रको बैठक बस्ने

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा बाराबाट फर्किएपछि मात्रै उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ ।
पूर्वनिर्धारित कार्यक्रम भएकाले महामन्त्री थापा नेपाली कांग्रेस बारा–३ को क्षेत्रीय सम्मेलनमा सहभागी हुन आज सिमरा जाँदैछन ।
सहमहामन्त्री फर्मुला मनसुरसहितका नेताले सम्बोधन गर्ने कार्यक्रम जीतपुर सिमरामा हुनेछ । सो कार्यक्रमलाई सम्बोधन गरेपछि मात्रै उनी बल्ल काठमाडौं फर्कनेछन् ।
उनी काठमाडौं फर्केपछि मात्रै नेकपा एमाले र कांग्रेस सम्मिलित उच्चस्तरीय संयन्त्रको बैठकमा सहभागी हुनेछन् ।
प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२ १०:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय