७ म्याग्निच्युडको भूकम्पले काठमाडौँ हल्लायो, सर्वसाधारण त्रसित
काठमाडौँ - मंगलबार बिहान करिब ६:५० बजे ७ म्याग्निच्युडको शक्तिशाली भूकम्पले काठमाडौँ र आसपासका क्षेत्र हल्लाएको छ।
भूकम्पको धक्का लामो समयसम्म महसुस हुँदा सर्वसाधारण त्रसित बनेर घरबाहिर निस्केका थिए। धक्का यति बलियो थियो कि काठमाडौँ उपत्यकाका धेरैजसो ठाउँमा मानिसहरू भागाभाग गर्न थाले।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र (NEMRC/DMG) का अनुसार, भूकम्पको केन्द्रबिन्दु चिनको डिङ्ग्ग्ये काउन्टीमा रहेको थियो। भूकम्पको स्थानीय मापन (ML) ७.० रहेको जनाइएको छ।
हालसम्म कुनै ठूलो क्षति वा जनधनको हानि भएको विवरण प्राप्त नभए पनि थप विवरण आउन बाँकी रहेको छ। प्रशासनले सतर्क रहन सर्वसाधारणलाई अपिल गरेको छ।
प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१ ०७:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय