Harsamaya
वीरगन्जमा समाचार संकलन गर्ने क्रममा तीन पत्रकार घाइते 
हिन्दुवादीहरूले गरेको प्रदर्शनको समाचार संकलन गरिरहेका पत्रकार एभी न्युज टिभीका अर्जुन गुप्ता, मध्य नेपाल सन्देशका अनिल ओझा र चन्द्रसूर्य वाणीका धिरेन्द्र तिवारी घाइते ।

रौतहट - पर्सा प्रहरी कार्यालय नजिकमा भएको प्रदर्शनको समाचार संकलन गर्ने क्रममा तीन जना पत्रकार घाइते भएका छन् । 

हिन्दुवादीहरूले गरेको प्रदर्शनको समाचार संकलन गरिरहेका पत्रकार एभी न्युज टिभीका अर्जुन गुप्ता, मध्य नेपाल सन्देशका अनिल ओझा र चन्द्रसूर्य वाणीका धिरेन्द्र तिवारी घाइते भएका हुन् । 

गुप्ताको टाउको फुटेको छ भने ओझा र तिवारीको खुट्टामा गम्भीर चोट लागेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि धर्नामा बसेका हिन्दुवादीहरूलाई हटाउने क्रममा प्रहरीले लाठीचार्ज गर्दा पत्रकारहरु  घाइते भएका छन् । घाइते तीन जना पत्रकारको नारायणी अस्पतालमा उपचार भइरहेको छ । 

प्रहरीले धार्मिक सद्भाव बिगार्ने कार्यमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको थियो । उनीहरूको बिना शर्त रिहाइको माग गर्दै प्रदर्शन भएपछि  प्रहरीले हटाउने क्रममा लाठीचार्ज गरेको जनाएको छ ।

यता नेपाल पत्रकार महासंघ पर्साले समाचार संककलन गर्ने क्रममा आक्रमण गरी पत्रकारहरूलाई घाइते बनाउने दोषीहरूलाई कारबाहीको माग गरेको छ । 
 

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  ०९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update